नेविसंघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिको सभापतिमा भुसाल चयन

काठमाडौं। नेपाल विद्यार्थी संघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।शनिबार गोधुली फुडल्यान्ड बसुन्धारामा भएको अधिवेशनले सभापतिमा लक्ष्मण भुसाललाई सर्वसम्मत चयन गरेको हो । उक्त अधिवेशनबाट दोस्रो कार्यकारी समिति चयन भएको छ।
नेविसंघ स्याङ्जा – काठमाडौं सम्पर्क समितिका निवर्तमान अध्यक्ष ई.दिपेन्द्र क्षेत्रीको सभाध्यक्ष रहेको उक्त अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेस उपसभापति एवम् पूर्व मन्त्री धनराज गुरुङ रहेका थिए भने विशेष अतिथिमा नेपाली कांग्रेस का केन्द्रीय सदस्य, बाग्मती प्रदेश सभा सदस्य कुन्दन राज काफ्ले, नेपाली कांग्रेस जिल्ला सभापति माननीय राजु थापा साथै गण्डकी प्रदेश सभापति पुर्व प्रदेश मन्त्री मेखलाल श्रेष्ठ रहेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस स्याड्॰जा जिल्ला सचिव, महासमिति सदस्य एवं गल्याड्॰ नगर प्रमुख गुरु प्र. भट्टराई, महासमिति सदस्य पार्टी प्रवक्ता भरत लम्साल, पुर्व मन्त्री आई.बि गुरुड्॰, ने.वि.संघ पुर्व महामन्त्री, महासमिति सदस्य बलदेव तिम्लसिना, महासमिति सदस्य विष्णु पौडेल, महासमिति सदस्य डोल ब. खड्का, महाधिवेशन प्रत्तिनिधी ईन्द्र रिजाल, नेपाली कांग्रेस स्याड्॰जा-काठमाण्डौं सम्पर्क समिति सभापति देवी प्रसाद अर्याल, अर्जुनगाऊँपालिका अध्यक्ष, प्रदेश १(ख) सभापति प्रकाश तिवारी, भिरकोट नगर सभापति लक्ष्मण अधिकारी, नगर सचिव तारा अर्याल, ने.वि.संघ स्याड्॰जा-काठमाण्डौं सम्पर्क समिति का संस्थापक अध्यक्ष दीपक प्रसाद न्यौपाने ,नेपाल प्राध्यापक संघ केन्द्रीय कोषाध्यक्ष भुमा शर्मा देवी पाण्डे, नेपाल प्रेस युनियन उप- महासचिव दिलिपा श्री अधिकारी लगायत, नेपाल तरुण दल केन्द्रीय सदस्यहरु, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्यहरु सुवास पौडेल, महेश डोटेल, अमृत वोस्ती लगायत दर्जनौं केन्द्रीय सदस्यहरु साथै विभिन्न प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सम्पन्न अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि काँग्रेस उपसभापति धनराज गुरुङले आगामी दिनका लागि चयन हुने कार्यसमिति लाई शुभकामना दिदैं आफ्नो समयमा ने.वि.संघ को गरिमा, महत्व र संगठन भित्र को अनुशासन विषयमा चर्चा गरेका थिए ।

जिल्ला सभापति माननीय राजु थापा जय ले सफलताको शुभकामना दिदैं विधार्थी हरु नेता को झोला बोक्ने भन्दा आफ्नो अध्ययन मा ध्यान दिनुपर्ने र नेपाली कांग्रेस सधैं जनता को सार्वभौम , वाक स्वतन्त्रता , समानता को पक्ष मा रहेको संविधान रक्षा गर्नुपर्ने र देशमा अब आर्थिक क्रान्ति को आवश्यकता रहेको बताए ।
सम्पर्क समितिका निवर्तमान सभापति ई. दिपेन्द्र क्षेत्रीले विद्यार्थीहरूको हक हितको लागी सदैव तत्पर हुनुपर्ने भन्दै नवनिर्वाचित समितीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

यस्तै, नवनिर्वाचित सभापति लक्ष्मण भुसालले
विद्यार्थीहरूका जीवनमा आइपर्ने शैक्षिक, आर्थिक, स्वास्थ्यलगायतका समस्यामा समितिले सदैव सहयोग गर्ने बताए। सभापति भुसालले जिल्लाबाट राजधानीमा आई अध्ययनरत विद्यार्थीलाई शैक्षिक नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation