समिक्षा अधिकारी द्वारा नक्कली बिरामी बनेर चंदा असुल्नेलाइ सरकारसंग कारबाहीको माग

गायिका समीक्षा अधिकारीले नक्कली बिरामी बनाएर चन्दा आतंक मच्चाउने ठगहरूको पर्दाफास गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै, नेपालमा ठुलो रोग लाग्दा सरकारको नि:शुल्क उपचारको व्यवस्था नहुने उल्लेख गर्दै, हुनेखानेहरू मात्रै बाँच्न पाउने र हुँदा खानेहरू उपचार नपाएर मर्नु पर्ने अवस्थामा रहेको बताइन्।

उन्ले लेखेकी छन : नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन्। हुनेखानेले मात्रै बाँच्न पाउछन्, हुदा खानेहरु उपचार नपाएरै मर्नुपर्छ।
तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौं। अरुको दु:ख देख्न सक्दैनौ। त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौ।
तर पछिल्लो पटक केहि नक्कली बिरामी खडा हुने र सहयोगी मनहरुलाई ‘ईमोस्नल ब्याल्याकमेल’ मा पारि ठग्नेहरुको पर्दाफास भएको छ।

यस्तो घृणित कर्म गर्नेहरुदेखी चै साँच्चीकै चित्त दुख्ने रहेछ। यस्ता ठगहरुको कारण वास्तविक पिडितले सहयोग पाउदैनन्, उनीहरुको बाँच्ने आधार नै रहदैन्। कृपया सहयोगीदाताहरु कलाकारिताका नाममा, सामाजिक अभियान्ताका नाममा वा फेमिनिष्टका नाममा चलाउने यस्ता अभियानहरु राम्रोसंग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसंग जोडदार माग गर्दै ‘फेक’ बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरुलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation