
काठमाडौं । LBEF futsal cup 2081 असार १२ र १३ गते हुने भएको छ। ग्वार्को बल पार्क फुट्सलमा दुई दिनमा ३६ टिम सहभागी हुने आयोजकले जानकारी दिएका छन।मल्टिच्वाइस मिडियाले आयोजना गरेको फुटसल प्रतियोगितामा मुख्य प्रायोजक LBEF रहेको छ। LBEF ले खेलाडीलाई प्रोत्साहन गर्नको लागि यस्ता प्रतियोगितालाई सहयोग गरेको जनाएको छ। नेपालमा मिहिनेत गर्नेलाई अबसरको कमि हुन नदिन पनि यस्ता प्रतियोगिता समय समयमा सन्चालन हुनुपर्ने मुख्य प्रायोजक LBEF का प्रतिनिधिले प्रेस मिटमा बताएका छन् । उक्त प्रतियोगितामा प्रथम हुनेले २० हजार नगदका साथै ट्रफी र मेडल, दोस्रो हुनेले १० हजारसगै ट्रफी र मेडल, तेस्रो हुनेले ५ हजार नगद साथसाथै ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
पहिलो दिन league चरणका खेलहरु ३६ वटा हुनेछन भने दोस्रो दिन KNOCKOUT का खेलहरु हुने आयोजकले जानकारी दिएका छन। pcps college का तर्फबाट टुनामेन्टलाई बिभिन्न अतिरिक्त खेलहरु खेलाउने र रोमान्चक बनाउने पत्रकार सम्मेलनमा बताएका छन।