
बागलुङ जिल्लाको जैमिनीमा आज बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सोमबार जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पीक अप जिप वडा नम्बर ७ व्यार्थला
नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
जिप सडकदेखि एक सय मिटरभन्दा धेरै तल खसेको र एक जनाको जिवित्तै उद्दार गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
मृतकको पहिचान खुलिसकेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।