गछिया जेसिज अध्यक्षमा निरौला निर्वाचित

गछिया। मंगलबार सम्पन्न गछिया जेसीजको ९ औं शाखा अधिवेशनले बर्ष २०२४ का लागि अध्यक्ष पदमा ध्रुव निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै निरौला सन् २०२४ का लागि अध्यक्षमा विजयी भएका हुन्।

विजयपश्चात् नवनियुक्त अध्यक्ष निरौलाले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए। गछिया जेसिस पुरानो र प्रतिष्ठित शाखा रहेको र यसले विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा विदितै छ। आउँदा दिनमा यी कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउने अठोट नयाँ समितिले गरेको छ।

साधारणसभाबाट निम्न समिति निर्माण भएको छ।

अध्यक्ष: ध्रुव निरौला (अत्याधिक मतका साथ निर्वाचित)
कार्यकारिणी उपाध्यक्ष १: निराजन धमला
कार्यकारिणी उपाध्यक्ष २: पुष्पा ढुंगेल सिग्देल
महासचिब: प्रदीप खतिवडा (मनोनित)
कानुनी सल्लाहकार: पप्पु शाह (मनोनित)
कोषाध्क्ष: रोहित लिम्बु
निर्विरोध निर्वाचित:-
उपाध्यक्ष १: गंगा सिग्देल
उपाध्यक्ष २: पबित्रा गौतम भण्डारी
उपाध्यक्ष ३: रिसल भण्डारी
उपाध्यक्ष ४: विनोद भट्टराई
सचिव: ज्ञाननाथ ढकाल
जनसम्पर्क अधिकारी: सुस्मिता दाहाल भट्टराई (मनोनित)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation