सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं — प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

संसद् सचिवालयले तोकेको समयअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिएकोमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा सभामुख चयन भएका हुन्।

अर्यालको उम्मेदवारीमा रास्वपा सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने समर्थकका रूपमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका थिए।

नवनिर्वाचित सभामुख अर्याल काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनको निर्विरोध चयनले संसद्भित्र दलहरूबीच सहमति कायम भएको संकेत गरेको छ, जसले आगामी दिनमा संसद् सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation