काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त बनेको तुलसी सहकारीका १५८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाट पहिलो चरणमा कम बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरेको हो।
समितिले बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी आगामी चरणमा पनि क्रमशः अन्य बचतकर्तालाई रकम फिर्ता गर्ने जनाएको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई प्रचलित कानुनी व्यवस्था बमोजिम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
