नागरिक उन्मुक्ति पार्टीको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छिन्। श्रेष्ठले आफू अस्वस्थ रहेको जनाउँदै पोखरा महानगरपालिका–६ निवासी नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्।

शुक्रबार बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक आह्वान गर्न अल्टिमेटम दिएको थियो। त्यसको केही घण्टामै अध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष नियुक्त गरेकी हुन्।

पार्टीभित्र पछिल्ला दिनमा आन्तरिक असन्तुष्टि र नेतृत्वको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला अध्यक्ष श्रेष्ठको यस्तो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation