क्यान्सरबाट पाँच वर्षदेखि संघर्षरत मनबहादुर सुनामको उपचारका लागि आर्थिक सहयोगको अपिल

बाग्लुङ जिल्ला, जैमिनी नगरपालिका–१, कुस्मिसेरा निवासी ५६ वर्षीय मनबहादुर सुनाम विगत पाँच वर्षदेखि मुख तथा जिब्रोको क्यान्सरबाट पीडित छन्। हाल उनकोको उपचार भारतको दिल्लीस्थित Max Hospital मा भइरहेको छ।

लामो समयदेखि उपचार गराउँदै आएका सुनामको उपचारमा परिवारले आफ्नो भएको सम्पूर्ण आर्थिक स्रोत खर्च गरिसकेको जनाएको छ। उपचारको क्रममा घरपरिवारले सकेसम्मको प्रयास गरे पनि अहिले आर्थिक अवस्था अत्यन्तै कमजोर बनेको छ। चिकित्सकका अनुसार उपचारलाई निरन्तरता दिन अझै ठूलो रकम आवश्यक पर्ने भए पनि उक्त रकम जुटाउने अवस्था परिवारसँग छैन।
आर्थिक अभावका कारण उपचार नै प्रभावित हुने जोखिम बढेपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघ–संस्था, समाजसेवी, दातृ निकाय तथा सहयोगी मनहरूलाई सकेको आर्थिक सहयोग गरी मनबहादुर सुनामको जीवन बचाउने अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ।

परिवारका अनुसार, “हामीले भएको सबै खर्च गरिसक्यौं। अब थप उपचारका लागि आवश्यक रकम जुटाउन हाम्रो क्षमता छैन। त्यसैले सबै सहयोगी मनहरूलाई जीवन बचाउने यस अभियानमा साथ दिन विनम्र अनुरोध गर्दछौं।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation