उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् ।

मङ्गलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

 

उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित छन् ।

चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाई कोअपरेशन फोरम मिडिया एण्ड थिंक ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछन् ।

उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation