भक्तपुरमा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुरमा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल मृत भेटिएका हुन्।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेले बताए। प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।

 

प्रहरीका अनुसार उनीहरूको परिवारको भारतको मुम्बईमा बस्दै आएका छन्। उनीहरू दुई साताअघि भक्तपुर आएर त्यहाँ डेरामा बस्दै आएका थिए। उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिनेदेखि सञ्चारमाध्यमबाट खोजीका लागि हारगुहार गर्दै आएका थिए।

 

मृतक दिदीबहिनीले बिहीबार बिहान टिकटक बनाएर त्यसमा नाइलनको डोरीसमेत देखाएका थिए। टिकटकमा मरेर गए पनि नतोडिने बन्धन माया हो बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएका थिए। उनीहरूको मोबाइलमा पनि आफूहरू मर्न लागेको भनेर भिडियो बनाएको देखिन्छ।  उनीहरूको आत्महत्या नै हो वा अन्य केही भन्ने विषयमा पोस्टमार्टम गरेपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation