एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ। सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

 

अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाका नेता प्रमोद न्यौपानेले बताए। उनका अनुसार अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर वडा तहमा चलाइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टिद्वारा असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म संकलित हस्ताक्षरकाे विवरण:
१. काेशी प्रदेश: २,१३,१०६
२. मधेस प्रदेश: १,०४,३६०
३. वागमती प्रदेश: ७,१३,३३१
४. गण्डकी प्रदेश: ५,१२,९१४
५. लुम्बिनी प्रदेश: २,५२,४३१
६. कर्णाली प्रदेस: ७२,१४२
७. सुदूरपश्चिम प्रदेश:१,१०,५१२
८. केन्द्रीय कार्यालय: ३६,५१०
९. काठमाडौंमा र्याटकाे व्यवस्थापका बुथ: ७४,११३
१०. ह्वास्टएप मार्फत: ७,००,५५२
११. इमेल मार्फत: ८३,५६६
जम्मा – २७,५०,६७७

विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको भन्दै अभियान केही लामो समयसम्म चल्ने देखिएको बताए। अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation