काठमाडौंभित्र सार्वजनिक स्थलमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना तिर्नुपर्ने

काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी साधन पार्किङ गरे  मोटरसाइकल, स्कुटरलाई एकहजार जरिवाना गरिनेछ। कार, जीप, डेलिभरी भ्यानलाई २५०० जरिवाना गरिनेछ।  मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई  ३ हजार ५ सय जरिबाना गरिनेछ।

यस्तै, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ। प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ। बिनाअनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्नेछ।

सार्वजिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूमपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो। हालैको नगर सभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ। निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूमपान निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation